दराजको कात्तिक २५ गते मनाउदै छ अनलाइन किनमेल उत्सव |
काठमाडौं । अनलाइन सपिङ मार्केट दराज नेपालले कात्तिक २५ गते पहिलो अनलाइन किनमेल उत्सव मनाउने भएको छ । ‘दराज ११.११ सेल’ कात्तिक २५ गतेको मध्यरातबाट शुरु हुनेछ र त्यसको २४ घण्टासम्म खुला रहने जनाइएको छ ।
दराज नेपालका प्रबन्ध निर्देशक राजीव अमात्यले दराजले नेपालको किनमेललाई एक क्रान्तिकारी छवि प्रदान गर्ने बताए । कहिल्यै नभएको छुट र कहिल्यै नपाइएको उत्पादन रोजाईले किनमेल गर्नेलाई हौसला मिल्ने उनको भनाई छ ।
बिक्री उत्सवमा ८० पतिशतसम्मको महा छुट दिने दराजले जानकारी दिएको छ । एक हजार भन्दा बढीको संख्यामा स्थानीय बिक्रेताहरु मार्फत यस भन्दा अघि कहिल्यै नपाइएको डिलहरुको विविधिकरणमा नेपालको पहुँच हुने जनाइएको छ । ‘११.११’ नयाँ दराज एपको पहिलो मेगा सेल कार्यक्रम हो ।