माथिल्लो तामाकोशीको आइपीओमा शुक्रबारसम्म २ अर्बकोे आवेदन |
काठमाडौं । शुक्रबारसम्म माथिल्लो तामाकोशी हाइड्रोपावरको आइपीओमा २ अर्ब रुपैयाँको आवेदन परेको छ । बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार शुक्रबार दिउँसो ३ बजेसम्म १ लाख ५ हजार जनाले २ करोड कित्ताका लागि आवेदन दिएका छन् । यस आधारमा शुक्रबार नै माग भन्दा बढी आवेदन परिसकेको देखिन्छ । तामाकोशीको आइपीओ भर्ने म्याद सोमबारसम्म (कात्तिक १९ गते) छ ।
यो आइपीओ खुलेको पहिलो दिन बिहीबार ५ बजेभित्रमै ४१ हजार ९६ जनाले ८२ लाख ३५ हजार ८५० कित्ता सेयर भरेका थिए । कम्पनीले बिहीबार (कात्तिक १५ गते) देखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको हो । यसमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
बिक्री प्रबन्धकको काम नागरिक लगानी कोष र सनराइज क्यापिटलले गरेका छन््् । धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ । मेरो सेयर प्रयोगकर्ताले अनलाइनबाट पनि आवेदन दिन मिल्नेछ ।