गुराँस लघुवित्तको २ लाख ५० हजार कित्ता आइपीओ र २५ प्रतिशत हकप्रद दिने प्रस्ताव | आज एजीएम हुदै
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले २ लाख ५० हजार ९३२ कित्ता आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव साधारण सभामा पेश गर्न लागेको छ । गुराँसले हाल कायम ६ करोड रुपैयाँ जारी पुँजीलाई बढाएर ७ करोड ७५ लाख रुपैयाँ पुर्याउने प्रस्ताव पेश गर्दैछ । सस्थाको तेस्रो वार्षिक साधारण सभा आज शनिबार (कात्तिक १७ गते) हुने भएको छ ।
साधारण सभा न्यू अञ्जुली होटल, धनकुटामा बिहान ११ बजे सुरु हुनेछ । त्यस्तै, कम्पनीले हाल कायम चुक्ता पुँजीबाट २५प्रतिशत हकप्रद सेयर पनि बिक्री गर्ने प्रस्ताव लैजाँदै छ ।
हाल कायम रहेको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँबाट हकप्रद निष्कासन गर्न लागिएको होे ।