एनआईसी एशियाको नयाँ शाखा मोरङको लेटाङमा |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले मोरङ जिल्लास्थित लेटाङ नगरपालिकाको वडा नं. ४ मा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले आज गरेका हुन् ।
सो अवसरमा राष्ट्र बैंकका कार्यकारी निर्देशक ढुंगानाले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको एनआईसी बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तीय सवलीकरण अभिवृद्धि गर्ने कार्यमा महत्वपूर्ण योगदान पुर्याएको चर्चा गरे ।
उद्घाटन कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतले उपस्थित अतिथिज्यूहरूलाई धन्यवाद ज्ञापन गरे ।
हाल एनआईसी एशिया बैंकले आफ्ना देशभर फैलिएका २६४ शाखा कार्यालय, २६४ एटीएम, २७ वटा एक्सटेन्सन काउण्टर एवम् १८ वटा शाखारहित बैंकिङ इकाइमार्फत उच्चस्तरीय वित्तीय सेवा प्रदान गरिरहेको छ । मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको यस बैंकको वासलातको आकार रू. २०० अर्बभन्दा बढी पुगेको छ । कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४१ अर्ब रहेको यस बैंकले आफ्नो ग्राहक संख्या करिब १३ लाख ५० हजार पुर्याउन सफल भएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले विभिन्न स्थानहरूमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको छ ।