एभरेष्ट बैंकले गर्यो २० प्रतिशत नगद लाभांसको घोषणा |
काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक बर्षको नाफाबाट २० प्रतिशत नगद लाभांस घोषणा गरेको छ । सानिमापछि एभरेष्ट बैंकले पनि सेयरधनीलाई यसपालि नगद लाभांश मात्र दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ८ अर्ब २ करोड ६८ लाख ६३ हजार ६९९ रुपैयाँको २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव नियामक निकाय र आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको हो ।
बैंकले वितग सात वर्षयताकै कम लाभांस दिएको हो । विगत ७ वर्षको अवधिमा बोनस शेयर र नगद लाभांस दिँदै आएकोमा यस वर्ष बोनस शेयर दिएन ।
बैंकले गत आर्थिक वर्षमा दुई अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थियो । प्रतिशेयर आम्दानी ३४ रुपैयाँ रहेको बैंकले लाभांस भने २० प्रतिशत दिएको हो