अजोड इन्स्योरेन्स र नेपाल मेडिसिटी अस्पतालबीच सम्झौता | भर्ना भएर उपचार गराउँदा नगदरहित स्वास्थ्य सेवा पाइने
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी अस्पतालबीच नगदरहित स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र अस्पतालको तर्फबाट महाप्रबन्धक विजय रिमालले बिहीवार हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब इन्स्योरेन्सका ग्राहकहरूले मेडीसिटी अस्पतालमा बेड भर्ना भएर उपचार गराउँदा नगदरहित सेवा पाउने बताइएको छ । स्वास्थ्य सबैको पहुँचमा पुग्ने भएकाले स्वास्थ्य बीमालाई अस्पतालले विशेष जोड दिएको अस्पतालका महाप्रबन्धक रिमालले बताए ।
त्यस्तै, अजोड इन्स्योरेन्सले स्वास्थ्य बीमामा जोड दिएको र भविष्यमा धेरैभन्दा धेरै मानिसमा स्वास्थ्य बीमाबारे सचेतना वृद्धि गर्दै जाने उद्देश्यले उक्त सम्झौता गरिएको कम्पनीले बताएको छ ।