आईएमई पे र मेगा बैंकबीच सम्झौंता | अब वालेटबाट बैंक खातामा रकम जम्मा गर्न सकिने

काठमाडौं । मेगा बैंक नेपाल र आईएमई डिजिटलबीच हालै एक सम्झौता भएको छ । दुवै संस्थाबीच आईएमई पे मोबाइल मनीमार्फत मोबाइल फोनको माध्यमबाट वित्तीय सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र आईएमई डिजिटलको तर्फबाट प्रमुख सञ्चालक अधिकृत डेनियल डी श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब मेगा बैंकका सेवाग्राहीहरूले चाँडै नै आईएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्नेलगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्नेजस्ता सेवाहरू प्राप्त गर्ने बताइएको छ । मेगा बैंकका सेवाग्राहीहरूले ‘आईएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यूआरमार्फत गरिने भुक्तानी सेवा पाउने बताइएको छ ।