महालक्ष्मी विकास बैंकले शुरु गर्यो चिपमा आधारित डेविट कार्ड |
काठमाडौं । महालक्ष्मी विकास बैंकले चिपमा आधारित डेविट कार्ड शुरु गरेको छ । कार्ड कारोबारलाई अझ सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित भिसा डेबिट कार्ड ल्याएको बैंकले जानकारी दिएको छ । यस अघि बैंकले आफ्ना ग्राहकहरुका लागि पारम्परिक म्याग्नेटिक स्ट्रिप प्रविधिका डेबिट कार्ड उपलब्ध गराउँदै आएको थियो ।
चिपमा आधारित कार्ड विश्व स्तरीय रहेको र यस कार्डको प्रयोग गर्नाले सम्भावित जोखिमहरु धेरै न्यून गर्न सकिने बैंकको भनाई छ । बैंकले निकट भविष्यमा संसारको जुनसुकै ठाउँबाट सुरक्षित बैकिङ्ग कारोबार गर्न सकिने चिप प्रणालीमा नै आधारित डलर डेबिट कार्ड सञ्चालनमा ल्याउने बताएको छ ।