सर्वसाधारणकालागि माथिल्लो तामाकोशीको आइपीओ खुल्ला | कात्तिक १९ गतेसम्म भर्ने म्याद
काठमाडौं । माथिल्लो तामाकोशीले आजदेखि सर्वसाधारणकालागि एक अर्ब ५८ करोड रुपैयाँको प्राथमिक शेयर निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको हो । यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कात्तिक १९ गतेसम्म भर्ने म्याद राखिएको छ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने मंसिर १४ गतेसम्म आवेदन दिन सकिन्छ ।
आवेदनकालागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ । कम्पनीको क्रेडिट रेटिङ (इक्रा एनपी आइपीओ ग्रेड चार) रहेको छ ।
कम्पनीको प्रतिमेगावाट लागत १० करोड ८१ लाख रुपैयाँ रहेको छ । सर्वसाधारण शेयर निष्कासनसँगै कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ । आयोजनाको निर्माण कार्यमा ढिलाइ हुँदा प्रतिमेगावाट लागत बढ्ने अनुमान गरिएको छ ।