काठमाण्डौंको विभिन्न रुटमा १० वटा नयाँ आईसर बसहरु संचालन |

काठमाडौं । काठमाडौंका बिभिन्न रुटहरुमा १० वटा नयाँ आईसरका बसहरु संचालनमा आएका छन् । यी बसहरु लाई रिद्धि सिद्धि यातायतले संचालनमा ल्याएको हो ।
आईसरका बसहरु गुणस्तरीय हुनुका साथै कम्पनीमै बडी बनाएर ल्याइएको छ । यी बसको माईलेज, आरमदाई सिट र टेलिस्कोपिक स्टेरिंग भएको कारणले गर्दा आफुहरुले संचालनमा ल्याएको रिद्धि सिद्धि यातायतले जानकारी दिएको छ । एकै पटक १० वटा नयाँ बस संचालनले काठमाडौंको सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरु लाई थप सहज हुने छ ।

बसको साँचो हस्तान्तरण कार्यक्रममा आईसर बस तथा ट्रकको नेपालका लागि आधिकारीक विक्रेता, बतास ग्रुपअन्तर्गत इस्टर्न एजेन्सीस प्रालिका प्रवन्ध निर्देशक शान्ता राजबतासले नेपालमा आईसर गााडीको माग बढिरहेको र यसको पछाडी गाडीको गुणस्तरिय पार्ट्स, उच्चतम माईलेज र सुरक्षित यात्रा रहेको बताए ।
यी बस टौदहहुदैँ चोभार, मेडिसिटी, नख्खु, एकान्तकुना, लगनखेल, जावलाखेल, त्रिपुरेश्वर, सुनधारा, जमल, सोह्रखुट्टे, बालाजुचोक, बाईसधारा, माछापोखरी, सोह्रखुट्टेहुदैँ सोहि रुटबाट फिर्ता हुनेछन् ।