किसान माइक्रोफाइनान्सले २ लाख ४० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्दै |
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले २ लाख ४० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ । यो संस्थाले प्रति साधारण सेयर एक सय रुपैयाँका दरले आवदेन दिनुपर्ने गरी साधारण शेयरधनीका लागि उक्त हकप्रद शेयरको निष्काशन गरेको हो ।
यसको हकप्रद शेयर किन्न यसको शेयरधनीले आगामी मंसिर २ गतेबाट पुस ८ गतेभित्र आवेदन दिनुपर्ने उल्लेख छ । हाल कायम चुक्ता पुँजी ४ करोड ८० लाख ५० हजारलाई बढाउन एक सय कित्ता हुनेलाई ५० कित्ता दिनेगरी हकप्रद निष्काशन भएको हो ।
यसको शेयर आवेदनका लागि यही कात्तिक १३ गतेभित्र कारोबार गरेका शेयरधनीले पाउने भएका छन् । हकप्रद शेयर निष्काशनपछि यो संस्थाको चुत्ता पुँजी ७ करोड २० लाख ७५ हजार रुपैयाँ पुग्ने उल्लेख छ । यसको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड हो ।
यसको शेयर आवेदन दिन सिमिल क्यापिटल मार्केट, सुन्धारा, किसान माईक्रोफाइनान्स कैलाली, सिभिल बैंकको विराटनगर, पोखरा, नेपालगन्ज, विरगन्ज, नारायणघाट र बुटवल तथा सी आस्वा सदस्य सबै बैंक तथ वित्तीय संस्थाबाट दिन सकिने छ ।