मिशन डेभलपमेन्ट बैंकले गर्यो ११ प्रतिशत बोनस शेयर दिने घोषणा |
काठमाडौं । मिशन डेभलपमेन्ट बैंकले ११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको कार्तिक १२ गते बसेको संचालक समितिको बैठकले गतबर्षको मुनाफाबाट लगानीकर्तालाई उक्त लाभांश दिने घोषणा गरेको हो ।
बैंकले चुक्ता पुंजीको ११ प्रतिशतले हुन आउने ५ करोड ७१ लाख २० हजार ८२२ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै कर प्रयोजनको लागि ०.५७८ प्रतिशतले हुन आउने ३० लाख ६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुने छ । हाल बैंकको चुक्ता पुंजी ५१ करोड ९२ लाख रुपैयाँ रहेकोमा प्रस्तावित बोनसपछि बैंकको पूँजी ५७ करोड ६३ लाख नाघ्नेछ ।