नेप्सेद्वारा मक ट्रेडिङ स्थगित, मंसिरदेखि पूर्ण अनलाइन |
काठमाडौं । छिट्टै पूर्ण अनलाइन प्रणालीलाई औपचारिकरुपमा कार्यान्वयनमा ल्याउने भन्दै नेपाल स्टक एक्चेन्ज (नेप्से) ले मक ट्रेडिङ स्थगित भएको जानकारी दिएको छ । अनलाइन ट्रेडिङमा लगानीकर्तालाइ अभ्यस्त बनाउने उदेश्यले नेप्सेले असोज २ गतेदेखि मक ट्रेडिङ शुरु गरेको थियो । मक ट्रेडिङमा लगानीकर्ताको उत्साहजनक उपस्थिति भने देखिएको थिएन ।
नेप्सेले यसै सातादेखि पूर्ण अनलाइन प्रणालीदेखि लागु गर्ने तयारी गरेको छ । आगामी १५ गतेबाट ब्रोकरहरुले अनलाइन ट्रेडिङ मार्फत कारोबार गर्ने छन् । ब्रोकरहरुलाई नेप्सेले अनलाइन ट्रेडिङको प्रयोग बारे कार्तिक ७ गतेदेखि ३ दिनसम्म तालिम दिएको थियो । ब्रोकर अनलाइन ट्रेडिङमा अभ्यस्त भएपछि लगानीकर्तालाई मङ्सिरदेखि अनलाइन ट्रेडिङ मार्फत कारोबार गराउने नेप्सेको तयारी छ ।