प्रभु बैंकको नयाँ शाखा काठमाडौंको थानकोटमा |

काठमाडौं । प्रभु बैंकले हालै चन्द्रागिरी नगरपालिकाको थानकोटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बागमती डिलर्स एशोसिएशनका अध्यक्ष अच्युतबहादुर खड्काले उद्घाटन गरेका हुन् ।
बैंकले थानकोट डिपोलाई लक्षित गर्दै थानकोट शाखा सञ्चालनमा ल्याएको बताएको छ । उक्त शाखाको उद्घाटनसँगै अब पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलरहरूले आयल निगमलाई दिनुपर्ने रकम निशुल्क रूपमा जम्मा गर्न सजिलो भएको खड्काले बताए ।