पूर्व अर्थमन्त्री तथा अर्थविद डा. बद्रीप्रसाद श्रेष्ठको निधन |

काठमाडौं । पूर्व अर्थमन्त्री तथा अर्थविद डा बद्रीप्रसाद श्रेष्ठको निधन भएको छ । उनी सतासी बर्षका थिए । लामो समयदेखि बिभिन्न रोगवाट थलिएका श्रेष्ठको आज दिउँसो निधन भएको हो । स्वर्गीय श्रेष्ठ नेपालको पहिलो पुस्ताको अर्थशास्त्री हुन् ।
अर्थशास्त्री डा श्रेष्ठले राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, राष्ट्रिय पञ्चायत सदस्य तथा जापानका लागि नेपाली राजदूतका रुपमा सेवा गरेका थिए । उनका श्रीमती, एक छोरा र दुई छोरी छन्। । स्वर्गीय श्रेष्ठको दाहसंस्कार बुधबार पशुपति आर्यघाटमा गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । उनले लेखेको एन इन्ट्रोडक्सन टु नेपलिज इकोनोमी नामको किताव नेपालको अर्थशास्त्रको अध्यनका लागि महत्वपूर्ण मानिन्छ ।
राजा ज्ञानेन्द्रले गठन गरेको मन्त्रीपरिषदमा उनी अर्थमन्त्री समेत बनेका थिए । लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा २०५९ मंसिर २ देखि २०६० जेठ २० गतेसम्म उनले अर्थमन्त्रालय सम्हाले ।
उनी अर्थमन्त्री भएकै समयमा राष्ट्रबैकमा कार्यकारी निर्देशक रहेका डा युवराज खतिवडालाई योजना आयोगको सदस्य बनाएका थिए । खतिवडा अहिले अर्थमन्त्री छन् ।