१२ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्र्तिक १५ गतेदेखि |
काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको छ । गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि कार्तिक १५ देखि १८ गतेसम्म ४ दिन जावलाखेलको खेल मैदान, ललितपुरमा आयोजना हुने भएको छ ।
१२ औ संस्करणको रुपमा उक्त प्रदर्शनीको आयोजना गर्न लागेको एशोसिएसनले जानकारी दिएको हो । उक्त प्रदर्शनीमा ४४ वटा स्टलद्धारा फुलसम्बन्धि विभिन्न सुचना, जानकारी प्रदर्शन लगायतका कार्यहरु गरिने आयोजकले जानकारी दिएको छ । आयोजकका अनुसार गोदावरी फूलको विविध जाती प्रजातीहरु मध्ये उक्त प्रदर्शनीमा मुख्यतः स्पाईडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स र कट फ्लावर बिधालाई प्रतियोगितामा समावेश गरि प्रतिस्पर्धा गराईने छ । प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरुलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरि शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने आयोजकले जानकारी दिएको छ ।
तिहार पर्वमा घर आगन सजाउन तथा स्वागत सत्कारमा बिशेष प्रयोगको एक आकर्षक फूलको रुपमा रहेको गोदावरी फूलको व्यवसाय प्रवद्र्धन गर्न आयोजना गरिएको यस प्रदर्शनीको नारा “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि” भन्ने रहेको छ ।