जकार्ताबाट उडेको लायन एयरको बोइङ सम्पर्कविहीन |
काठमाडौं । इन्डोनेसियाको जाकार्ताबाट उडेको लायन एयरको बोइङ सम्पर्कविहीन भएको छ । फ्लाइट नम्बर जेटी−६१० जहाज जाकार्ताबाट पङ्गकल पिनाङका लागि उडेको थियो । तर उडेको केही मिनेटमै जहाज सम्पर्कविहीन भएको थियो ।
समुन्द्र पार गरिरहेको बेला पश्चिम जाभा प्रान्तको कारावाङबाट जहाज सम्पर्कविहीन भएको राष्ट्रिय खोज तथा उद्धार केन्द्रका प्रवक्ता युसुफ लतिफले बताएका छन् । अहिले खोजी तथा उद्धार कार्य जारी छ ।
एकदमै नयाँ बोइङ ७३७ म्याक्स ८ जहाज जाकार्ता अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटपछि नै राडारको सम्पर्कबाट विच्छेद भएको थियो ।
जहाजमा कति यात्रु थिए भन्ने खुलिसकेको छैन तर उक्त जहाजको क्षमता २१० यात्रुको थियो । यसअघि सन् २०१० मा पनि लायन एयरको हेलिकोप्टर बालीको समुद्रमा दुर्घटना भएको थियो । तर, सबै यात्रुलाई सकुशल उद्धार गरिएको थियो ।