खाली पेटमा खान नहुने खाद्यपदार्थ |

स्वास्थ्य नै ठूलो धन हो । शरीर स्वस्थ र तन्दुरुस्त राख्न धेरै विषयमा ध्यान पु¥याउनुपर्छ । खासगरी खाना तथा खाने समयमा विशेष ध्यान दिनुपर्छ । केही खाद्य वस्तुमा एसिडको मात्रा बढी हुन्छ । यस्ता खाद्यपदार्थ नियमित खानाभन्दा अगाडि सेवन गर्दा स्वास्थ्यमा हानि पुर्याउँछ । दही, केरा, काँचो गोलभेँडा आदि खाली पेटमा खानु हुँदैन । खाली पेटमा चियाकफी पिउनु पनि राम्रो मानिँदैन । त्यसको सट्टा हल्का मनतातो पानी पिउन सकिन्छ । यसले स्वास्थ्य पनि राम्रो बनाउँछ । खाली पेटमा खान नहुने केही खाद्य सामग्रीबारे मदन लामिछानेको प्रस्तुति
सोडा

सोडामा ठूलो मात्रामा कार्बोनेट एसिड हुन्छ । यसलाई खाली पेटमा सेवन गर्नाले बान्ता आउन सक्छ । साथै, असहज महसूस हुन सक्छ ।
गोलभेँडा

गोलभेँडामा एसिडको मात्रा हुन्छ, जसलाई खाली पेटमा खाँदा असर पु¥याउँछ । यसले पेटमा नघुल्ने किसिमको जेल बनाउँछ, जसको कारणले पेटमा पत्थरी बन्न सक्छ ।
औषधि

कतिपय औषधि खाली पेट नखानू भनेर डाक्टरले सल्लाह दिने गरेको पाइन्छ । खाली पेटमा औषधी खानाले पेटमा एसिड बढेर असन्तुलन पैदा हुन्छ ।
अल्कोहल

खाली पेटमा अल्कोहल खानाले पेटमा जलन हुन थाल्छ । यसकारण खाना पनि ठीकसँग पच्दैन र स्वास्थ्य समस्या आउँछ ।
चटपटे खाना

खालीपेटमा कहिल्यै पनि चटपटे खाना खानु हुँदैन । यसमा एसिडको मात्रा धेरै हुन्छ, जसले हाम्रो पाचनक्रिया बिगारिदिन्छ । यस्तो खानेकुरा खानाले पेटसम्बन्धी समस्या आउँछ ।
कफी

खाली पेटमा कफी पिउनु हानिकारक मानिन्छ । यसमा क्याफिन तŒव हुन्छ, जसले खाली पेटमा नकारात्मक असर पार्छ । बिहान कफी खानैपरे पहिले एक गिलास पानी पिउन सकिन्छ ।
चिया

खाली पेटमा चिया पिउनु पनि राम्रो होइन । चियामा उच्च मात्रामा एसिड हुन्छ, जसको कारणले पेट दुख्न सक्छ । यसले ग्याष्ट्रिकसमेत बढाउँछ ।
दही

दही स्वास्थ्यका लागि लाभदायक हुन्छ । तर, खाली पेटमा यो खानाले पेट दुख्न सक्छ ।
केरा

खाली पेटमा केरा खानाले शरीरमा म्याग्नेसियमको मात्रा धेरै बढ्छ । यसकारण, शरीरमा क्याल्सियम तथा म्याग्नेसियमको मात्रामा असन्तुलन हुन्छ । त्यसैले, खाली पेटमा केरा नखानु नै बेश हुन्छ ।
तरुल

तरुलमा ट्यानिन तथा प्याक्टिनको मात्रा बढी हुन्छ । त्यसकारण, यसलाई खाली पेटमा खाँदा ग्याष्ट्रिक एसिडको समस्या हुन्छ ।