कोकाकोला नेपालले पीईटी बोतल पुनःसंकलन परियोजना विस्तार गर्ने |
काठमाडौं । रिसाइकिलिंग र फोहोर व्यवस्थापनमा कोकाकोलाले नेपालमा आफ्नो पीईटी बोतल पुनःप्राप्ति परियोजनाको विस्तार गर्ने भएको छ । यसका लागि कोकाकोला फाउण्डेशन र बोटलर्स नेपाल (तराई) लिमिटेडले भरतपुर चितवन नजिकै एक नयाँ पीईटी पुनःसंकलन केन्द्र स्थापित गर्ने भएका छन् ।
कोकाकोला नेपालमा आफ्नो वर्तमान पीईटी फोहोर रिकवरी प्रयासमा गति प्रदान गर्न परियोजनामा लगभग २ लाख ७० हजार डलर लगानी गर्ने योजना बनाएको छ । क्रिएसनसंगको साझेदारीमा यो परियोजनाले स्थानीय नगरपालिका, व्यापार प्रतिष्ठान, नागरिक र फोहोर संकलनहरुसंग सहयोग लिदै नेपाललाई पीईटी फोहोर पुनःसंकलनको समाधान खोज्नतर्फ अगाडि बढने कम्पनीको भनाई छ ।
यस पेय पदार्थ कम्पनीले सन् २०१४ मा यसको पुनःसंकलन दृष्टिकोणको सुरुवात गर्न एक बहुसंख्यक परियोजना ’नगर मित्र’ सुरु गरेको थियो । जसलाई एक सामाजिक उद्यम भनिन्छ, जसमा पिछडिएका महिलाहरूका लागि पर्याप्त संख्यामा हरियाली कार्यहरुको सिर्जना, र स्वछ वातावरणमा योगदान पुर्याउन पीईटी बोत्तल कुशल र जिम्मेवार तंत्रद्वारा संकलन र ब्यबस्थापन गरिन्छ । यसको अतिरिक्त, डब्ल्यूडब्ल्यूएफ नेपाल, हिमालय कलईमेट इनिशिएटिव र जीआईजेड सहित आफ्नो स्थायी साझेदारका सहयोगमा, कंपनीले नेपालमा रीसाइक्लिंग समाधानका लागि रीसाइक्लिंग र अवसरको खोजीका बारे जागरूकता बढाउने जस्ता गतिविधिमा सक्रिय रुपमा संलग्न छन् ।