नेपाल फाइनान्सको सीईओमा उद्धवराज थपलिया |

काठमाडौं । नेपालको पहिलो फाइनान्स कम्पनी नेपाल फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा उद्धवराज थपलिया नियुक्त भएका छन् । थपलियाले गत बुधवारदेखि नै आफ्नो कार्यभार सम्हालिसकेका छन् ।
थपलियाले लामो समय किष्ट बैंक र प्रभु बैंकमा शाखा प्रबन्धक भई कार्य गरिसकेका छन् । उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा समेत गरी करिब १५ वर्षको बैकिङ अनुभव सँगालेका छन् ।
बेष्ट फाइनान्स (तत्कालीन जनरल फाइनान्स) लाई जापानलगायतका एनआरएनहरूको समूहले खरिद गरी समस्याग्रस्त अवस्थाबाट साधारण अवस्थामा फर्काउने योजना नेपाल राष्ट्र बैंकमा पेश गरेपछि थपलिया जनरल फाइनान्समा वरिष्ठ व्यवस्थापकको रूपमा प्रवेश गरेका थिए ।
सो बेला कम्पनीको नाम जनरल फाइनान्स परिवर्तन गरी वेष्ट फाइनान्सको नामबाट कारोबार गर्न, नेपाल राष्ट्र बैंकबाट समस्याग्रस्त अवस्थाबाट साधारण अवस्थामा कम्पनीलाई फर्काउन र बेष्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई प्राप्ति गरी बेष्ट फाइनान्सको नामबाट कारोबार गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
उनले वेष्ट फाइनान्स कम्पनीमा करिब ६ महिना कायम मुकायम प्रमुख कार्यकारी अधिकृत भई कार्यसमेत गरेका छन् ।