एनआईसी एशिया बैंक पुग्यो भोजपुरको दिङ्लामा |
काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय भोजपुरको दिङ्लामा सञ्चालनमा आएको छ । उक्त शाखाको उद्घाटन षडानन्द नगरपालिकाका मेयर वीरवल राईले गरेका हुन् ।
उक्त शाखाको उद्घाटनसँगै अब यस बैंकको शाखा संख्या २६५ पुगेको छ । साथै, यस बैंकले २ सय ६२ एटीएम, २६ वटा एक्सटेन्सन काउण्टर तथा १८ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा दिइरहेको छ ।
हालको बैंकको वासलातको आकार १९९ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १६७ अर्ब रुपैयाँ तथा कर्जा लगानी १३८ अर्ब रुपैयाँ पुगेको छ । उपभोक्ता संख्या १३ लाख ५० हजारभन्दा बढी रहेको यस बैंकले नेपालका अन्य विभिन्न स्थानहरूमा समेत चाँडै नै नयाँ शाखा कार्यालय सञ्चालन गर्ने योजना अगाडि सारेको पनि बैंकले जानकारी दिएको छ ।
त्यस्तै, बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरूमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको छ ।