सानिमामाईले १५ प्रतिशत लाभांश दिने |
काठमाडौं । सानिमामाई हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको हिजो बिहीवार राजधानीमा सम्पन्न सातौं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेकाले लाभांश दिने बाटो खुला भएको सानिमामाईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. सुवर्णदास श्रेष्ठले बताए ।