सीटीसी मोबाइल हबमा तिहार धमाका मोबाइल मेला, | ६० प्रतिशतसम्म छुट, अफरभित्र पनि अफर, सट्टापट्टा पनि गर्न सकिने

काठमाडौं । राजधानीको सुन्धारास्थित सीटीसी मलमा हालै सञ्चालनमा आएको मोबाइल हबले आउँदै गरेको तिहारलाई लक्षित गर्दै ‘तिहार धमाका मोबाइल मेला’ शुरू गरेको छ ।
मोबाइल पारखीका लागि नयाँ गन्तव्यको अवधारणासहित सञ्चालन गरिएको उक्त मोबाइल मेलामा मोबाइल खरिद गर्ने ग्राहकले दशैंतिहार धमाकाअन्तर्गत ६० प्रतिशतसम्म छुट पाउनेछन् । साथै, अन्य आकर्षक छुटका साथै अफरभित्रको अफर योजनामा पनि सहभागी बन्न सकिने हबले जानकारी दिएको छ ।
मेलामा मोबाइलसम्बन्धी सम्पूर्ण सेवा एकै छानामुनि दिने र नजिकिँदै गरेको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरी भारी छुटमा मोबाइल उपलब्ध गराइने हबले बताएको छ । कात्तिक २२ गतेसम्म सञ्चालन हुने उक्त मेलाको अफरभित्रको पनि अफरमा ग्राहकले शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा मोबाइल खरिद गर्न सक्ने बताइएको छ । त्यसका अलावा हात खाली नजाने अफरसमेत राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले जानकारी दिए ।
एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने, मोबाइल सट्टापट्टा, गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोबाइल निशुल्क वितरणलगायतका योजना पनि सञ्चालन गरिएको छ । मेलामा विश्व बजारका चल्तीमा आएका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध रहेको हबले जानकारी दिएको छ ।