नगर प्रमुखहरूको विश्व संसद्को कार्यकारी सदस्यमा न्यौपाने |

तनहुँ । नगर प्रमुखहरूको विश्व संसद्को कार्यकारी सदस्यमा तनहुँको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने निर्वाचित भएका छन् । बेलायतको व्रिष्टोल शहरमा सम्पन्न नगर प्रमुखहरूको सम्मेलनबाट उनी सो पदमा निर्वाचित भएका हुन् ।
सम्मेलनमा अनुपस्थित रहे पनि उनले कार्यकारी सदस्यका लागि उम्मेदवारी दिएका थिए । उक्त सम्मेलनले न्यौपानेसहित विभिन्न देशका ८ नगर प्रमुखलाई कार्यकारी सदस्यमा निर्वाचित गरेको छ ।