नेशनल लाइफको २ लाख ७८ हजार हकप्रद लिलाम हुँदै | न्यूनतम १ सय कित्ताका लागि आवेदन दिन पाइने, अन्तिम म्याद कात्तिक २८ गते
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विक्री नभएको हकप्रद शेयर लिलाममा विक्री गर्दै छ । कम्पनीले २ लाख ७८ हजार १ सय १९ कित्ता हकप्रद शेयर लिलाममा विक्री गर्न लागेको हो ।
उक्त शेयर लिलामीका लागि बोलपत्र पेश कात्तिक १५ देखि २८ गतेसम्म तोकिएको निष्कासन तथा विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जानकारी दिएको छ । बोलपत्रदाताले न्यूनतम १ सय कित्ता हकप्रद शेयरका लागि प्रस्ताव पेश गर्नुपर्ने विक्री प्रबन्धक कम्पनी एनआईबीएल एस क्यापिटलले बताएको छ ।