माछापुच्छ्रे बैंकका ४ शाखारहित बैंकिङ सेवा सञ्चालनमा |
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चितवन र गोरखामा ४ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले चितवनको इच्छाकामना गाँउपालिका (हातीवाङ), गोरखाको गण्डकी गाउँपालिका, गोरखा नगरपालिका (छेपेटार) र पालुङटार नगरपालिकामा नयाँ शाखारहित बैकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
बैंकका हालसम्म यीसहित ३७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा रहेको जानकार िदिएको छ । ग्राहक सेवा केन्द्रको रूपमा सञ्चालित शाखारहित सेवा केन्द्रहरूबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानी, साथै कर्जा आवेदनसमेत गर्न पाउने व्यवस्थासमेत गरिएको बैंकले बताएको छ ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।