नेपाल बंगलादेश बैंक र खल्तीबीच मोबाइल भुक्तानीका लागि सम्झौता |
काठमाडौं । नेपाल बंगलादेश बैंक र खल्ती डिजिटल वालेटबीच मोबाइल भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट डेपुटी सीईओ सुरेन्द्रभूषण श्रेष्ठ र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब बैंकका ग्राहकहरूले उक्त बैंकको मोबाइल बैंकिङ तथा इण्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’ मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरूको भुक्तानी गर्न सक्नेछन् ।