मुक्तिनाथ विकास बैंकको सहयोग नेपाल प्रहरी र विद्यालयलाई |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल प्रहरीलाई साइकल सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देहीको कञ्चन–३, हरैयास्थित अस्थाई प्रहरी पोष्ट प्रतापपुरलाई दुई थान साइकल प्रदान गरेको हो ।
उक्त साईकल मुक्तिनाथ विकास बैंकको रुपन्देही हरैयाका शाखा प्रमुख बाबुराम आचार्यले अस्थाई प्रहरी पोष्ट प्रतापपुरका इञ्चार्ज प्रहरी नायव निरीक्षक वासुदेव गिरीलाई हस्तान्तरण गरेका हुन् ।
यसैगरी, बैंकले डडेलधुराको जनता उच्च माध्यमिक विद्यालयलाई सहयोग पुग्ने गरी बूढानीलकण्ठ विद्यालयको जुनियर रेडक्रस क्लबलाई १ थान प्रिण्टर सहयोग गरेको छ ।
उक्त प्रिन्टर मुक्तिनाथ विकास बैंकको बजार बजारीकरण विभागका प्रमुख वसन्त बक्सीले बूढानीलकण्ठ विद्यालयको जुनियर रेडक्रस क्लबका अध्यक्ष नवदीप प्रधानलाई हस्तान्तरण गरेका हुन् ।