किसान लघुवित्त हकप्रद शेयर जारी गर्दै |
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनका लागि कम्पनीले आगामी कात्तिक १३ गते बुक क्लोज गर्दै छ । संस्थाले १ सय रुपैयाँ दरका २ लाख ४० हजार २ सय ५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।
कम्पनीले हालै धितोपत्र बोर्डबाट २ करोड ४० लाख रुपैयाँबराबरको हकप्रद शेयर निष्कासन गर्ने अनुमति पाएको छ । संस्थाले सिभिल क्यापिटल मार्केट लिमिटेडमार्फत सो मात्राको हकप्रद निष्कासन गर्ने छ ।
हाल कम्पनीको चुक्ता पूँजी ४ करोड ५० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रदपश्चात कम्पनीको पूँजी ६ करोड रुपैयाँ नाघ्नेछ । पछिल्लो समय लघुवित्तको शेयर मूल्य प्रतिकित्ता १ हजार ६ सय ६६ रुपैयाँ रहेको छ ।