काठमाडौंका सडकमा साझाका ५ विद्युतीय बस, यात्रा सुरक्षित |

काठमाडौं । साझा यातायातले काठाडौंमा विद्युत्तीय बस सेवा सञ्चालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान उक्त सेवाको उद्घाटन गरेका हुन् ।
उपत्यकाको बढ्दो प्रदूषणलाई नियन्त्रण गर्ने उद्देश्यका पाँचवटा विद्युत्तीय बस सञ्चालनमा ल्याइएको साझाले बताएको छ । हाल सञ्चालनमा ल्याइएका ती बसहरू चिनियाँ कम्पनीले निर्माण गरेको हो । साझाको व्यवस्थापनमा रहने ती बसहरू खरिदका लागि एडीबीले सहयोग गरेको साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले जानकारी दिए ।
चालकसहित २० सिटको क्षमताका ती बसमा सीसी क्यामेरा जडान गरिएका छन् । यसले गर्दा यी बसमा यात्रा सुरक्षित हुने साझाको विश्वास गरिएको छ ।