कपिलवस्तुमा बिहानदेखि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू हट्यो |

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा दुर्गा पूजाको मूर्ति बिसर्जन गर्ने क्रममा झडप भएपछि स्थितिलाई नियन्त्रणमा ल्याउन लगाइएको कर्फ्यू आज दिउँसो १२ बजेसम्मका लागि हटाइएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आज बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू हटेको जानकारी दिएको हो ।
आइतबार बेलुकादेखि लगाइएको कर्फ्यू सोमबार बिहान र दिउँसो हटाए पनि बेलुकी ५ बजेपछि फेरि लगाइएको थियो ।