युनिलिभर नेपालले प्रतिशेयर रू. ७ सय नगद लाभांश वितरण गर्ने |
साथै, गत वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने, नियामवली र प्रबन्धपत्र संशोधन, सञ्चालकको नियुक्ति र लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणलगायत प्रस्तावमा पनि सभामा छलफल हुने जानकारी कम्पनीले दिएको छ ।
धारणसभा प्रयोजनका लागि कम्पनीले असोज २२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेकाले असोज २१ गतेसम्म शेयर स्वामित्व हुने शेयरधनी सभामा सहभागी भई लाभांशको हकदार हुन सक्नेछन् ।