स्वाभिमान लघुवित्तले साधारण शेयर जारी गर्ने |
काठमाडौं । स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले १ करोड ८० लाख रुपैयाँबराबरको साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीको दोस्रो वार्षिक साधारणसभाले सो रकमबराबरको साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको सो कम्पनीले ३० प्रतिशत शेयर जारी गरेपछि चुक्ता पूँजी ६ करोड रुपैयाँ पुग्नेछ । हाल १९ वटा शाखा कार्यालय रहेको कम्पनीमा असोज मसान्तसम्म ग्राहक संख्या १० हजार ७ सय ५७ पुगिसकेका छन् ।
कम्पनीको ऋण लगानी ५१ करोड छ भने बचत संकलन १४ करोड ७२ लाख रुपैयाँ छ । कम्पनी चालू वर्षमा सातवटा शाखा थप्ने योजनामा रहेको छ ।ब