जेबिल्स फाइनान्सको सीईओमा पुनः नकर्मी |
काठमाडौं । जेबिल्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा लक्ष्मीलाल नकर्मी पुनः नियुक्त भएका छन् । कम्पनीको १७७औं सञ्चालक समितिको बैंठकले उनलाई ४ वर्षका लागि सो पदमा पुनः नियुक्त गरेको हो ।
नेपाल फाइनान्स लिमिटेडबाट आफ्नो करिअर शुरू गरेका उनले धेरैवटा फाइनान्समा काम गरिसकेका छन् । जेबिल्स फाइनान्सले नेपाल राष्ट्र बैंकले तोकेअनुसार ८० करोड ९ लाख रुपैयाँ पूँजी पुर्याइसकेको छ । अघिल्लो आर्थिक वर्षको नाफाबाट १२.५० प्रतिशत बोनस शेयर प्रदान गरेको संस्थाले गत वर्ष ४० प्रतिशत हकप्रद शेयर निष्कासन गरेर तोकिएको पूँजी पुर्याएको थियो ।