एभरेष्ट इन्स्योरेन्सले हकप्रद जारी गर्ने अनुमति पायो | १४ करोड ३ लाख ३२ हजार ५ सय कित्ता हकप्रद जारी हुँदै
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । उक्त कार्यका लागि कम्पनीले कात्तिक ४ गते नै नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको हो ।
उक्त स्वीकृतिसँगै अब कम्पनीले संस्थापकतर्फ शेयर स्वामित्व कायम गर्न सर्वसाधारणका लागि १ बराबर १ दशमलव शून्य ५ (१ः१.०५) को अनुपातमा १४ करोड ३ लाख ३२ हजार ५ सय कित्ता हकप्रद शेयर जारी गर्नेछ ।
इक्रा नेपालले यो हकप्रद शेयरका लागि आधारभूत पक्षलाई औसतभन्दा तल रहेको बुझाउँने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । कम्पनीको विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।