दोस्रो पटक जनकपुरमा ब्लास्टसहित ५३ डब्बाको रेल आयो |

धनुषा । भारतको झारखण्डबाट दोस्रो पटक हिजो आइतवार रेल जनकपुर आइपुगेको छ । उक्त रेल ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) लिएर जनकपुर आएको हो ।
रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थाको ब्लास्ट भारतको पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको हो । उक्त ब्लास्ट लिकभित्र राख्न प्रयोग गरिन्छ ।
प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक उक्त रेलमा लोड गरिएको ब्लास्ट मजदुरले लिकमा झार्दै आएका थिए । भारत सरकारको सहयोगमा निर्माणाधीन लिकबाट दोस्रो पटक ५३ ¥याकसहितको रेल जनकपुर आइपुगेको हो ।
हालसम्म धनुषाको कुर्थासम्म रेल सञ्चालन गर्न तीन हल्ट र पाँच स्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । स्टेशन भवन र आवास निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ । यात्रुवाहक रेल गुडाउन जयनगर (भारत–बर्दिवास ब्रोडगेज ९६९ किलोमिटर) सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई मालवाहक रेल गुडाएर ‘फाइनल टच’का लागि तयारी शुरू गरिएको प्राविधिक बताउँछन् ।