राष्ट्र बैंक आजदेखि १२ अर्ब ५० करोडको ट्रेजरी बेच्दै | आवेदन दिने म्याद भोलि अपरान्ह ३ बजेसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज १२ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै छ । राष्ट्र बैंकले अल्पकालीन र दीर्घकालीन प्रकृतिका समेत गरी आज उक्त परिमाणमा ट्रेजरी विक्री गर्न लालेको हो ।
ट्रेजरी बिल खरिदका लागि भोलि अपरान्ह ३ बजेसम्म नेपाल राष्ट्र बैंकमा आवेदन दिनुुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार विक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको ५ अर्ब ५० करोड, १ सय ८२ दिने अवधिको ५ अर्ब र ३ सय ६४ दिने अवधिको २ अर्ब रुपैयाँबराबरका रहेका छन् ।
जारी मिति कत्तिक ६ गते तोकिएको ट्रेजरी बिलमध्ये ९१ दिने ट्रेजरीको परिपक्व मिति २०७५ माघ ८ गते, १ सय ८२ दिनेको परिपक्व मिति २०७६ वैशाख १० गते र ३ सय ६४ दिने ट्रेजरीको परिपक्व मिति २०७६ कात्तिक ५ गते तोकिएको छ ।
यसअघि पनि राष्ट्र बैंकले २८ दिने अवधिको ३ अर्ब २५ करोड, ९१ दिने अवधिको ३ अर्ब र १ सय ८२ दिने अवधिको २ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल विक्री गरिसकेको छ ।