काठमाडौं । दशैंमा सर्वसाधारणको आगमन सहज होस भनेर नेपाली सेनाले बस सेवा संचालन गर्ने भएको छ । कार्तिक २ गते टिकाको दिन काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन न्युन चल्ने भएकाले सबैको सुविधाका बस सञ्चालन गर्न लागिएको हो ।
सेनाले ८ वटा रुटमा बस सेवा संचालन गर्ने जनाएको छ । बर्षेनी सेनाले टिकाको दिन उपत्यकामा निशुल्क बस सेवा संचालन गर्दै आइरहेको छ । बस विहान ७ बजे, ११ बजे र दिउँसो ३ बजे भद्रकालीबाट छुट्ने छ। बस ३० सिटे हुने छ ।
बसका रुट यस्ता छन्
पहिलो रुटː भद्रकालीहुदै माइतीघर −बानेश्वर −कोटेश्वर −एकान्तकुना −बल्खु −किर्तिपुर −कलकीं −कालीमाटी −त्रिपुरेश्वर−रत्नपार्क रहेको छ ।
दोस्रो रुटː भद्रकाली −जमल −लैनचौर −नारायणगोपाल चोक −बुढानिलकण्ठ −बालाजु − सोह्रखुट्टे −कान्तिपथ −माइतीघर रहेको छ ।
तेस्रो रुटː भद्रकाली −माइतीघर −त्रिपुरेश्वर −कालीमाटी −कलङ्की −थानकोट −स्वयम्भू −छाउनी −ताहाचल −टेकु −थापाथलीमा संचानलन हुनेछ ।
चौथो रुट: भद्रकाली -माइतीघर -बानेश्वर -तिनकुने -गौशला -चावहिल -जोरपाटी -नारायणगोपाल चोक -लाजिम्पाट -कान्तिपथ -पुन:भद्रकाली फर्कने छ।
पाँचौ रुट: भद्रकाली -थापाथली -कुपण्डोल -जावलाखेल -सातदोबाटो -चापगाउँ -सातदोबाटो तीनकुने बानेश्वर -शहिदगेटमा संचालन हुनेछ।
छैटो रुट: भद्रकाली -दरबारमार्ग -कमलपोखरी -गौशला -चावहिल -बौद्ध -साखु -चावहिल -गौशला -तिनकुने हुँदै पुन भद्रकाली फर्कनेछ।
सातौ रुट: भद्रकाली -माइतीघर -नयाँ बानेश्वर -पुरानो बानेश्वर -गौशला -सिनामंगल -कोटेश्वर -सुर्यविनायक -ठिमी -कोटेश्वर -माइतिघर -भद्रकाली रहेको छ।
आठौ रुट: भन्द्रकाली -माइतीघर -कोटेश्वर -सातदोबाटो -कलङ्की -चावहिल -गौशला -तीनकुने हुँदै भद्रकाली फर्कने रहको छ।
त्यसैगरी सेनाले दशैं मनाउन घर जाने सकल दर्जा तथा निजका आश्रित परिवारहरुको हितको लागि २५ गतेबाट ३१ गतेसम्म काठमाडौबाट दोलखा, इटहरी, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ, चौतारा, हेटौडा नारायणगढ, सिराहा -राजविराज जान तथा आउने निशुल्क बस सेवा संचालन गरेको छ। विहान उक्त स्थानहरुबाट साढे ६ बजे बस छुट्ने तथा प्रति सैनिक व्यक्ति सहित ५ जनासम्मले सुविधा लिन पाउने सेनाले जनाएको छ।