नेपाल बंगलादेश बैंकले ल्यायो सगौरव बचत खाता, २५ ग्रामको चाँदीको सिक्का तथा सात वटा सेवा निशुल्क दिने |
काठमाडौं । नेपाल बङगलादेश बैंकले ग्राहकहरुलाई सगौरव बचत खाता अन्तर्गत दशैं शुभकामना योजना ल्याएको छ । यो योजनामा आवद्ध हुने ग्राहकहरुले आफ्ना खातामा १ लाख वा त्यसभन्दा बढी निक्षेप गरेमा बैंकले २५ ग्रामको चाँदीको सिक्का उपहार दिने बताएको छ ।
ग्राहकले निःशुल्क भिसा डेविट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एसएमएस अलर्ट, डिम्याट खाता, अन्तर शाखा कारोबार र सिआस्वा सेवा पाउने छन्। बैंकले १ वर्षको लागि लकर सुविधामा ५० प्रतिशत छुट पनि दिने छ ।
बैंकका ४३ वटा शाखा, ७ वटा शाखा रहित बैंकिङ सेवा केन्द्र र ४३ वटा एटिएम बुथ छन्। । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सेवा बढाउँदै लैजाने बताए ।