नेपालकी सम्झना खनाललाई एसिया युथ इनोभेटर अवार्ड |
काठमाडौं । नेपाली चेलीले एउटा अर्को उपलब्धी हासिल गरेकी छन् । नेपालकी सम्झना खनाललाई एसिएन युथ इनोभेटर २०१८ अवार्ड प्रदान गरिएको छ ।
कृषि क्षेत्रमा पुर्याएकोे योगदानको कदर गर्दै सम्झनालाई विश्वका वैज्ञानिकहरु उपस्थित १३ औ एसियन मेज कन्फरेन्समा यो अवार्ड प्रदान गरिएको हो । सम्मान कार्यक्रमा अमेरिकादेखि चीनसम्मका वैज्ञानिकहरुको उपस्थित थियो ।
एसिया महादेशकै कृषिभित्र रहेर मकै कसरी पुरक खाद्य तत्व हुनसक्छ भनी गरेको खोज अनुसन्धान र यस क्षेत्रमा दिएको योगदानको कदर स्वरूप यो अवार्डबाट सम्झना सम्मानित भएकी हुन् ।
खनालले स्नातक अध्ययन गर्दैगर्दा झापामा मकै उत्पादनमा नयाँ प्रविधि सम्बन्धी खोजको सुरुअत गरेकी थिएन । उनले पत्ता लगाएको प्रविधि मकै बालिमा प्रयोग गर्दा धेरै र पोषिलो उत्पादन भएको थियो ।
कृषिको अध्ययन र अनुसन्धान गर्ने क्रममा सम्झनाले विज्ञ टोलीलाई धेरै पटक गाउँगाउँमा पुर्याएकी थिइन् । सम्झनाले प्रविधिलाई सबैले आत्मसाथ गर्नुपर्छ भन्ने मान्यताले विभिन्न कार्यक्रम गर्दै कृषकहरुलाई प्रोत्सान गर्दै आएकी छन् ।
उत्कृष्ट अंक प्राप्त गर्दै कृषि संकायमा स्नातक पूरा गरेकी खनाल हाल थुप्रै सामाजिक सङ्घसंस्था आबद्ध रहेकी छन् ।