सेन्ट्रल फाइनान्सले घोषणा गर्यो ८.७६५ बोनस सेयर |
काठमाडौं । सेन्ट्रल फाइनान्सले ८.७६५ बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ७५ करोड ७० लाख १३ हजार ३५० रुपैयाँबाट बोनस दिन लागेको हो । बोनस प्रयोजनका लागि सेन्ट्रलले ६ करोड ६३ लाख ८४ हजार ५०९ रुपैयाँ खर्च गर्नेछ । प्रस्तावित बोेनस सेयर पाउन राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित हुनुपर्नेछ ।
कम्पनीको शुक्रबार ९असोज २६ गते० बसेको सञ्चालक समिति बैठकले बोनस सेयर वितरण प्रयोजनका लागि कात्तिक १४ गते बुक क्लोज गर्ने उल्लेख गरेको छ । यसआधारमा कात्तिक १३ गतेसम्म कायम सेयरधनीले मात्र बोनस सुरक्षित गर्न सक्नेछन् ।