मिथिला लघुवित्तले ५० प्रतिशत हकप्रद जारी गर्ने |
काठमाडौं । मिथिला लघुवित्तले चुक्ता पूँजी वृद्धि गर्न चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारिी गर्ने भएको छ । कम्पनीले ३ करोड २९ लाख ८८ हजार ९६९ रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
लघुवित्त कम्पनीले एक सय रुपैयाँ दरमा ३ लाख २९ हजार ८८९.६९ कित्ता हकप्रद निष्काशनका लागि नियामक निकाय धितोपत्र बोर्डसँग असोज २३ गते अनुमति माग गरेको हो ।
हकप्रद जारी गर्न लघुवित्तले काठमाडौं क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको छ । २०७४ पुस ३० गते सम्पन्न लघुवित्तको नवौं वार्षिक साधारण सभाले सो हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।
हाल ६ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको मिथिलाको हकप्रद पश्चात ९ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी पुग्नेछ । आर्थिक बर्ष २०७४।७५ मा लघुवित्तले ९५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५३ पैसा कायम गरेको छ । लघुवित्तको जगेडा कोषमा एक करोड ६६ लाख रुपैयाँ सञ्चित छ