प्रविधि हस्तान्तरण आर्थिक विकासको मेरुदण्डː मन्त्री पोखरेल | प्रविधीमा लगानी बढाउन विज्ञहरुको जोड

काठमाडौ । शिक्षा बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणी पोखरेलले प्रविधी हस्तान्तरण आर्थिक विकासको मेरुदण्ड भएको बताएका छन । बिज्ञान र प्रविधी बिना आर्थिक उन्नती सम्भाव नभएको बताउदै उनले प्रविधीलाई शक्तिको रुपमा लिनुपर्ने बताए ।
‘प्रविधी हस्तान्तरण ज्ञानको महत्वपूणै पाटो हो । हामी बिकासको चौथो चरणमा पुगेका छौ । हाम्रो लागि रोजगारी सृजना गर्ने प्रक्रिया हो । पुजी निर्मण गर्नो प्रक्रिया हो,’ गैर आवासिय नेपाली सघ(एनआरएनए) को आयोजनामा राजधानीमा शुरु बिज्ञ सम्मेलनको ‘ज्ञान र प्रविधी हस्तान्तरण’ सत्रमा मन्त्री पोखरेलले भने, ‘सक्ष्ँम राष्ट बनाउने प्रविधी सक्ष्ँम पक्ष्ँ हो । प्रविधीलाई शक्तिको रुपमा लिनुपर्छ ।’ पछिल्लो चरणमा नेपँलमा पनि प्रविधीको बिकास पनि भएको उनले बताए ।
शिक्षा सामाजिक न्यायमा आधारित सम्वृद्दी नेपाली, सुुखी नेपाली बनाउने अभियानको मार्ग चित्र हुनुपर्ने उनले बताए । शिक्षाको बिकासको भिजन र नेपाललाई चाहिने सुशासन आवश्यक भएको उनले बताए । ‘यो यात्राका लागि बिज्ञान र प्रविधी अत्यावश्यक छ । उपयोग गर्नेगरी आत्मासाथ गर्न बिकास गरेर जानुपर्छ,’ मन्त्री पोखरेलले भने, ‘बिज्ञान र प्रविधी मैत्री नबनाई नेपालको बिकास अगाडी बढाउन सकिदैन ।’ यी कुराहरुलाई प्राथमिकतामा राखेर अवधारण पत्र सार्वजनिक गरी सरकारले काम गरिरहेको उनले दाबी गरे ।
यस्तै, सरकारले ५ वटा प्राथमिकताको बिषय पनि राखेको उनले सुनाए । ‘बिज्ञानलाई चिन्तनकोे रुपमा बिकास गर्छो । बिज्ञान चिन्तन, जिवनपद्दती बनाउनु पर्यो । समग्र पक्षलाई हेर्नुपर्यो,’ उनले भने, ‘मुलुकमा सक्ष्ँम जनशक्ति ठुलो मात्रामा चाहिएको छ । जनशक्ति उत्पँदन गर्न सस्थाहरु उत्पादन गर्नुपर्छ । तसर्थ ः प्रविधी हस्तान्तरण नेपालको लागि ठुलो आवश्यकताको बिषय बनेको छ ।’ ज्ञान एउटा पुस्ताबाट अर्को पुस्ताबाट हस्तान्तरण अत्यावश्यक रहेको समेत उनले दाबी गरे । त्यो ज्ञान सरकारको जुनसुकै कुनामा गएपनि सहज रुपमा काम गर्न सक्नुपर्ने उनले बताए ।

‘स्थानिय, राष्ट्रिय र अन्र्तराष्ट्रिय तीनै कोणबाट ज्ञानलाई ठोस रुपमा ल्याउनु पर्छ,’ मन्त्री पँेखरेलले भने, ‘यो समस्यालाई समधाान गर्न सबै शैक्षिक सस्थालाई बिकास गर्नुपर्छ । सरकार त्यसको प्रयास गरिरहेको छ ।’
टिप्पणीकर्ता एवम राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाबिर पुनले राष्ट्रका लागि वृद्दि, सिप र आर्थिक÷लगानीको दान गर्नुपर्ने बताए । ‘राष्ट्रलाई सम्वृद्दी बनाउने कुरा आकासबाट झर्दैन । सम्बृद्दीका लागि बुद्दी र शिप चाहिन्छ । वृद्दि र शिपको दान गर्नुपर्छ,’ उनले भने, ‘राष्ट्रका लागि वृद्दि, सिप र लगानीको दान गर्नुपर्छ ।’
एनआरएनले बिदेशमा सिकेको ज्ञान र प्रविधीलाई स्वदेशमा उपयोग गर्नुपर्ने उनले बताए । बिदेशमा भएको बसाई सराइ पनि भित्राउन अत्यन्त जरुरी रहेको बताए । ‘नेपालमै भएको शिपलााई पनि कसरी उपयोग गर्न सकिन्छ, त्यसलाई सगसगै लैजान सक्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा एनआरएनका राजु अधिकारीले बिश्वको भबिश्यको आकार डिजिटल अर्थव्यवस्था,जैब सुरक्ष्ाँ,बाताबरण परिवर्तन, खाद्य सुरक्ष्ाँ, स्वास्थ्य सुरक्ष्ाँ, लैगिक समानता रहेको बताए । एनआरएनले एनआरएन एकेडेमीकाृे अवधारण ल्याएको बताए । त्यसका लागि मन्त्रालय, नाष्ट, योजना आयोग लगायतको सहयोग आवश्यक रहेको बताए । त्यसक्रममा टिप्पणीकर्ता पुनले एनआरएनको एकेडेकीे अवधारण सकरात्मक भएपनि निश्चित भिजनले मात्रै सन्चालन गर्नुपर्ने बताए ।
‘भिजनमा काम गर्ने व्यक्तिको स्प्रीट हुन्छ । तर, बिचमा बल्झाइन्छ, अल्झाइन्छ भने भिजन हुन सक्दैन । त्यसकारणले गम्भीर हुनुपर्छ,’ पुनले भने, ‘जे गर्दा पनि राष्ट्रको सम्वृद्दी ल्याउने काम हुनुपर्छ । सरकार, उद्योगी र एनआरएनबिच सहयोग हुनुपर्छ । मूख्यत र्पैसा खर्च गर्न कन्चुस्याई गर्नुहुदैन ।’ उनले रिर्चस इनोभेसनमा लगानी नगरी हस्तान्तरण हुनै नसक्ने बताए । इनोभेसन नहुदा अर्थतन्त्र बलियो नहुने बताए ।
नेपाल बिज्ञान तथा प्रविधी पज्ञा–प्रतिष्ठान (नास्ट)का सचिव वुद्दीरत्न खड्गी कृषिमा धेरै राम्रो बिकास भएको बताए । अनुसन्धानका लागि नास्ट सक्रिय रहेको बताए । ‘बढी जनतामा पुग्न पर्छ भन्ने नाष्टको धारणा छ । कृषिमा अनुसन्धान गर्ने छुटा छुटै विभाग छ,’ उनले भने, ‘तर, उद्योगीक, आईटी क्षेत्रमा छैन । त्यसकारण बिकासको काम गर्दा प्रविधी हस्तान्तरण अब प्रादेशिक क्ष्ँेत्रमा पनि बिकास गर्नुपर्छ ।’
बर्तमान अवस्थामा प्रविधी हस्तान्तरण स्थानिय तहमा पनि लैजानु पर्ने उनले औल्याए । त्रिभुवन बिश्वबिद्यालयका प्रोफेसर रामेश्वर अधिकारीले काम गर्ने बाताबरण बनाउनुपर्ने बताए । सरकारले मार्ग चित्र दृष्टीकोण, नक्सा सहित अगााडी बढ्नुपर्ने बताए । ‘सरकारको स्पष्ट मार्ग दृष्टी भए बिदेशीयका नेपालीहरु नेपाल फर्किन बाध्य हुन्छन,’ उनले भने ।