ʽवजाज मास्टर मेक कार्यक्रम २०१८ʼ इटहरी र बीरगंजमा सम्पन्न |
काठमाडौं । नेपालका लागि वजाज मोटरसाईकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले पूर्वाञ्चलको इटहरीमा र बीरगंजमा क्षेत्रीयस्तरको वजाज मास्टर मेक २०१८ प्रतियोगीताको आयोजना गरेको छ ।
यो कार्यक्रमको मूल उद्देश्य देशभरिका वजाजका विक्रेताहरुका प्राविधिकलाई सहभागी गराउने, प्राविधिक तवरले अग्रसर बनाउने र कामलाई मनोरञ्जनात्मक बनाउने हो । साथै प्रतिस्प्रधिहरु मध्येबाट सर्वोत्कृष्ट प्राविधिक छनोट गरी सम्मान प्रदान गर्ने, पुरस्कृत गर्ने र हौसला बढाउने पनि हो । साथै विजय नहुने प्रतिस्प्रधिहरुलाई आफ्नो कम्जोरी पहिल्याउन सहयोग गर्दै सुधारको लागि कार्य गर्न अभिप्रेरित गर्ने पनि हो ।
यो प्रतियोगीतालाई एचएच वजाजले प्राथमिक, क्षेत्रीय, राष्ट्रिय र अन्तरराष्ट्रियचरणमा गरि ४ भागमा सञ्चालन गर्ने जानकारी हंसराज हुलासचन्दका तालिम विभागिय प्रमूख उमेश श्रेष्ठले बताए । प्रतियोगीताका क्रममा प्राथमिक चरणमा ५११ जना प्रतियोगीहरु मध्येबाट क्षेत्रीय चरणका लागि १२१ जना प्रतियोगीहरु छनोट भएका थिए । ती मध्ये पूर्वाञ्चल क्षेत्रबाट विक्रेताहरुको तर्फबाट १६ जना प्रतिस्पर्धीहरु र आधिकारिक सर्भिस पोइन्टबाट १३ जना प्रतिस्पर्धीहरु बीच क्षेत्रीय प्रतियोगीता भएको थियो ।
जसमा बिक्रेताहरुकोप्रतियोगीतामा धरानका अर्विन एण्ड ब्रदर्स अटोबाट रुपक मण्डलले प्रथम, विराटनगरका एस एण्ड ब्रदर्स स्पेयर सप्लायर्सबाट राम गोपाल चौधरीले द्घितिय र बिर्तामोडका मेची पावरमोवाईल्स ट्रेडबाट सन्त बहादुर बिष्टले तृतिय स्थान हासिल गरे ।
आधिकारिक सर्भिस पोइन्टहरुकोप्रतियोगीतामा धनकुटाका प्रधान मोटरसाईकल वर्कसपबाट साजनमान प्रधानले प्रथम, ओखलढुङ्गाका अर्जुन इन्टरप्राइजेजबाट अर्जुन कुमार राईले द्घितिय र गौराहदहका मनकामना मोटर पार्टसबाट नवराज राजवंशीले तृतिय स्थान हासिल गरे ।
बीरगंजक्षेत्रबाट विक्रेताहरुको तर्फबाट १४जना प्रतिस्पर्धीहरु र आधिकारिक सर्भिस पोइन्टबाट ७ जना प्रतिस्पर्धीहरु बीच क्षेत्रीय प्रतियोगीता भएको थियो । जसमा विक्रेताहरुको प्रतियोगीतामा हेटौडाका न्युहोराइजन अटोबाट सरोज तामाङले प्रथम, जीतपुरका न्यु एसडीएस इन्टरप्राइजेज बाट सुरेन्द चौधरीले द्घितिय र नारायणघाटका नारायणी मोटर्सबाट छोटेलाल प्रसाद मालीले तृतिय स्थान हासिल गरे । आधिकारिक सर्भिस पोइन्टहरुको प्रतियोगीतामा तारापट्ठीका लक्ष्मी मोटरसाईकल वर्क सपबाट लक्ष्मीनारायण शाहले प्रथम, रामपुरकाआर डी ब्रदर्सबाट मिठ्ठु कुमारले द्घितिय र सिन्धुलीका क्षितिज इन्टरप्राइजेजबाट बीरबल महतोले तृतिय स्थानहासिल गरे ।
सो कार्यक्रममा जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष तथा समाजसेवी अनुरोध थापा तथा स्थानीय यूवा व्यवसायी तथा समाजसेवी बिक्रम बाबु थापाले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।