एभरेष्ट बैंकका कार्डहोल्डरले नेपाल क्यान्सर हस्पिटलमा छुट पाउने |
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई थप सुविधा दिने उदेश्यले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरसँग सहकार्य गर्ने भएको छ । हस्पिटलको सेवा प्रयोग गर्दा एभरेष्ट बैंक लिमिटेडका डेविड तथा क्रेडिट कार्ड रहेकका ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने एक संझौतामा हस्ताक्षर गरेको छ ।
सो संझौता अनुशार एभरेष्ट बैंकका कार्ड होल्डरहरुले हस्पिटलका सेवाहरु रेडियोलोजी, ल्याब्रोटरी चार्ज, बेड चार्ज, रेडियसन थेरापी, ब्राक थेरापी तथा क्यान्सर स्कृनीङ प्याकेजमा छुट पाउनेछन् । यस सम्बन्धि संझौतामा बैंकका अफिसियल तथा हस्पिटलका कार्यकारी अध्यक्षले हस्ताक्षर गरेका छन् ।
हाल एभरेष्ट बैंकको ९ लाख ५० हजार भन्दा बढि ग्राहक संख्या रहेको छ । हालै यस बैंक क्यामल्स रेटिङ्गमा नेपालका बैकहरु मध्य दोस्रो स्थानमा पर्न सफल भएको छ । यस बैंकको ८२ शाखा, ७ वटा एक्टेन्सन काउन्टर, २८ वटा रेभिन्यू संकलन केन्द्र तथा ११३ वटा एटिएम तथा यसले ग्लोवल संजालबाट प्राफेस्नल र इफिसीयन्ट बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।