अबको ५ वर्षभित्रै वृद्धभत्ता ५ हजार हुन्छ : मन्त्री विष्ट |

मेलम्ची । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले आगामी ५ वर्षभित्र वृद्धभत्ता ५ हजार पुर्याएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोक क्षेत्र नं २ ले मेलम्चीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा त्यस्तो प्रतिवद्धता गरेका हुन् ।
उनले शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता विषयलाई सरकारले उच्च प्राथमिकतामा राखिएको बताउँदै छिमेकी मुलुकहरूसँगको सम्बन्धसमेत यो सरकार आएपछि राम्रो बनेको दाबी गरे । पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले मुलुकको विकास र समृद्धितर्फ सरकार अघि बढेको बताउँदै मेलम्चीस्थित जिरो किलो जोड्ने बाटो यही वर्षभित्र कालोपत्रे गर्ने काम अघि बढाइने बताए ।
प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल शरदले प्रदेश सरकारलाई आवश्यक कानून निर्माणको काम सम्पन्न भइसकेकाले चाडपर्व सकिनेबित्तिकै सार्वजनिक गरिने बताए ।