एशियन लाइफले ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने |
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको गत जेठ १९ गते बसेको दशौं वार्षिक साधारणसभाले ४ प्रतिशत बोनस शेयर वितरणपछि कायम पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय पारित गरेको थियो । हकप्रद शेयर निष्कासनसँगै कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
कम्पनीले हकप्रद शेयर निष्कासनको लागि गरेको क्रेडिट रेटिङमा मध्यम किसिमको रेटिङ प्राप्त गरेको छ । केयर रेटिङ नेपालले गरेको रेटिङ अनुसार ुइक्रा एनपी आइपीओ ग्रेड ५ पाएको हो ।
कम्पनीले ७४ करोड ४० लाख रुपैयाँको हकप्रद शेयर निष्काशन गर्दैछ । बीमा समितिले दुई अर्ब रुपैयाँ जुटाउने निर्देशन दिएसँगै कम्पनी पूँजी जुटाउने अन्तिम प्रयासमा रहेको छ ।
कम्पनीले हाल २९ वटा शाखा कार्यालयमार्फत २४ वटा जिल्लामा आफ्नै कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ ।