सुनधारामा खुल्यो सिटीसी मोबाइल हब, दशैं धमाकामा ६० प्रतिशतसम्म छुट |
काठमाडौं । राजधानीको पार्किङ समस्यालाई ध्यानमा राखेर यथेष्ट मात्रामा निशुल्क पार्किङसहित राजधानीको सुनधारामा रहेको सिटीसी मलमा मोबाइल हब सञ्चालनमा आएको छ । मोबाइल पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणा सहित एक कार्यक्रमका बिच बिहीबार सिटीसी मोबाइल हबको औपचारिक शुरुवात गरिएको हो ।
मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने लक्ष्यसहित दशैंको पुर्व सन्ध्यामा दशैं धमाका मोबाइल मेलाको आयोजना गर्दै मोबाइल हबले आफ्नो उपस्थिती जनाएको हो । नयाँ मोवाइल गन्तव्यकारुपमा लिइएको मोबाइल हबले भारी छुट सहित मोबाइल मेला शुरु गरेको हो ।
असोज ३१ गतेसम्म सञ्चालन हुने दशै धमाकासाथै अफर भित्र पनि अफर नामक मोबाइल मेलामा मोवाइल खरिद गर्ने ग्राहकले ६० प्रतिशतसम्म छुट पाउनेछन । शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सकिन्छ । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।
एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरु लाई समेत गोला प्रथाबाट विभिन्न ब्रण्डका मोवाइल वितरण गरिनेछ ।
पार्किङको अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निशुल्क पार्किङ पर्याप्त मात्रामा उपलब्ध हुनेछ ।
धेरै ब्राण्ड र भेराईटी समेटेको मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् । मोबाइलका एक्सेसरिजका साथै नेपालमा चल्तीमा रहेका अधिकांस ब्राण्डका ल्यापटपका लागि पनि सिटीसी मोबाइल हब उचित गन्तव्य बन्ने छ ।
नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सिर्भस सेण्टर मोबाइल हबमा छन् । नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिलजोनको समेत व्यवस्था छ ।