ग्लोबल आईएमई बैंक र लेखनाथ सिटी हस्पिटलबीच सम्झौता |
काठमाडौं । ग्लोबल आईएमई बंैक र पोखरा महानगरपालिका– २६, बुढीबजारमा रहेको लेखनाथ सिटी हस्पिटल प्रा.लि.बीच स्वास्थ्य उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा गण्डकी प्रदेश प्रमुख अजय थापाको उपस्थितिमा बैंकको तर्फबाट बेगनास शाखाको शाखा प्रबन्धक दिनेश अधिकारी र हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक सुजन रानाभाटले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब उक्त बैंकका डेविट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड होल्डर ग्राहक र बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले सो हस्पिटलमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
बैंकले आफ्ना ग्राहकहरूलाई बैंकिरू सेवाको अतिरिक्त अन्य सुविधाहरू प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याइरहेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिरू सेवाको पहुँच पु¥याउने उद्देश्यले १३२ शाखा, १३८ एटीएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजस्व संकलन काउण्टर, १०३ शाखारहित बैंकिङ सेवा र देशबाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालयमाफर्त आफ्ना ९ लाख ५० हजारभन्दा बढी ग्राहकहरू वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।