सिटिजन्स बैंक र क्लिनिक वनबीच सम्झौता |
काठमाडौं । सिटिजन्स बैंक इण्टरनेशनल लिमिटेड र क्लिनिक वन प्रा.लि. जावलाखेलबीच उपचार सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत पारसकुमार काफ्ले र क्लिनिकका प्रमुख कार्यकारी अधिकृत रघुविक्रम राणाले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब बैंकका डेबिट÷क्रेडिट कार्डवाहक ग्राहक तथा कर्मचारीहरूले सो क्लिनिकमा उपचारसम्बन्धी सवा तथा सुविधा लिँदा विशेष छुट पाउनेछन् । यो सहकार्यबाट बैंकका कर्मचारी तथा डेबिट÷क्रेडिट कार्डवाहक ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ ।
हाल बैंकले देशभर रहेका आफ्ना ८० वटा शाखा, ७५ वटा एटीएम काउण्टर र ९९ वटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब तीन लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।